भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

नेपाली र दर्जीलाई दिल्लीबाट काठमाडौं ल्याइयो, दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने

नेपाली र दर्जीलाई दिल्लीबाट काठमाडौं ल्याइयो, दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने

काठमाडौं। बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई दिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ ।
भारतको दिल्लीमा पक्राउ परेका उनलाई काठमाडौं ल्याइएको हो । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो ।

उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए । यो सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए ।नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो भने १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो ।

उनीहरुमाथि १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ । सूर्यदर्शन सहकारीमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ । पक्राउ परेका मेयर नेपाली पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष समेत हुन् ।

 


Thali Mobile Pvt.Ltd.