पेस्तोल देखाएर ५० लाख लुटपाट

पेस्तोल देखाएर ५० लाख लुटपाट image
Car Thief Car Robbery

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ रतवारा गाउँमा गए राति डाकाहरुको समूहले बन्दुकको आडमा ५० लाख बढीको लुटपाट गरेका छन्।

जयकिशोर चौधरीको घरमा गए राति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए।

डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका थिए।

मल्लका अनुसार कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन्। घरको पछाडिबाट घरभित्र छिरेका उनीहरुले भित्र छिर्नेबित्तिकै चारै जनामाथि धारिलो हतियार प्रहार गर्दै टाउको फुटाउनुका साथै हात, मुक्का र लात्तीले पटक–पटक हान्दै १ः३० देखि करिब २ बजेसम्म लुटपाट गरेका पीडित परिवारले जनाएका छन्।

डाकाको प्रहारबाट घाइते भएका सबैको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले बताए। डाकाहरुले चौधरीको घरबाट रू एक लाख नगद, ४० तोला बढी सुनका गरगहना, अढाई किलो चाँदीका गरगहना, एक लाख ७५ हजार मूल्य बराबारको मोबाइल फोन मोबाइल १ थान गरी ५० लाख बढी लुटपाट गरेका छन्। अस्पतालमा उपचाररत चौधरीका बुवा भुवनेश्वरको टाउकोमा आठ वटा टाँका लगाइएको छ भने अन्यको पनि टाउकोमा चोट लागेको प्रहरी उपरीक्षक मल्लले बताए।

घटनाबारे प्रहरीलाई बिहान मात्रै जानकारी भएको बताउँदै उनले पीडित परिवारलाई भेटेर सोधपुछ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ? image

    यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ?

    काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...

  • विदेशी कैदीबन्दीले भरियो केन्द्रीय कारागार image

    विदेशी कैदीबन्दीले भरियो केन्द्रीय कारागार

    काठमाडौं । सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा विदेशी कैदीबन्दीले भरिएको छ । २६१ विदेशी कैदीबन्दी रहेको केन्द्रीय कारागारमा विभिन्न मुलुकबाट नेपाल आएर आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए...

  • लेखा समितिमा आज एनसेल बिक्रीबारे छलफल image

    लेखा समितिमा आज एनसेल बिक्रीबारे छलफल

    काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्रीबारे आज छलफल गर्ने भएको छ । समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री...

  • चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ image

    चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

    रसुवा । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट रु तीन करोड ३१ लाख ८१...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon