भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शुक्लाफाँटामा छ करोडको खानेपानी आयोजना अन्तिम चरणमा

शुक्लाफाँटामा छ करोडको खानेपानी आयोजना अन्तिम चरणमा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका २ मा निर्माणाधीन खानेपानी आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको र नगरपालिकाको ५०र५० प्रतिशत अनुदानमा गरी रु छ करोड ८० हजार चार सय १४ मा ठेक्का प्रक्रिया मार्फत खानेपानी आयोजना निर्माण अगाडी बढाइएको छ ।

आयोजना निर्माणको ठेक्का सम्झौता विसं २०८० वैशाख २७ गते भएकोमा निर्माण विसं २०८१ असार १८ गते भित्र गरिसक्नु पर्ने थियो । निर्माण निर्धारित समय भित्रै गर्न नसकिए पछि म्याद थप गरी कार्य भइरहेको छ । नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीका अनुसार खानेपानी आयोजनका लागि बोरिङ ड्रिल गर्ने कार्य पुरा भई दुई सय २५ घनमिटरको टङ्की निर्माण अन्तिम चरणमा पुगेको छ ।

डेढ तले कार्यालय भवन र पर्खाल निर्माणको कार्य पुरा भई रङ रोगन,विद्युत् जडानको कार्य भइरहेको छ । उपभोक्ताको घर घर सम्म खानेपानी पुर्‍याउनका लागि २२ दशमलव ९७ किलोमिटर पाइपलाइन बिछ्याउने कार्य पुरा भएको शाखा प्रमुख धामीले बताए ।

एक सय ६१ मिटर ट्रान्समिसन पाइपलाइन बिछ्याउने कार्य पुरा भएको छ । ठेक्का सम्झौता अनुसार पाँच सय ८५ उपभोक्ताको घरसम्म पाइपलाइन जडानदेखि धाराको टुटी जडान गर्ने योजना रहेको छ ।

वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुर लगायतका गाउँका बासिन्दाको घर घर सम्म खानेपानी पुर्‍याउने लक्ष्य राखिएको छ । आयोजनाको भौतिक प्रगति ८० प्रतिशत रहेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.