भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हेलिकप्टर दुर्घटनामा ९ सैनिकको मृत्यु

हेलिकप्टर दुर्घटनामा ९ सैनिकको मृत्यु

एजेन्सी । सेनाको हेलिकप्टर दुर्घटना हुँदा कोलम्बियामा नौ जना सैनिकको मृत्यु भएको छ । सैनिकलाई पुर्‍याएर फर्कने क्रममा सोमवार सेनाको हेलिकप्टर दुर्घटना भएको हो ।

उत्तरी कोलम्बियामा आपराधिक समूह गल्फ क्लानविरुद्ध लड्नका लागि सैनिक पु¥याएर फर्किने क्रममा उक्त दुर्घटना भएको त्यहाँको राष्ट्रिय सेनालाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जालमा घटनाप्रति खेद व्यक्त गर्दै सेनाले खाडी क्लानविरुद्ध कारबाही गरिरहेको बताएका छन् । गल्फ क्लानलाई कोलम्बियामा लागूऔषध ओसारपसार र हत्याको आरोपमा आपराधिक समूहका रूपमा चिनिन्छ ।

हेलिकप्टर दिउँसो बेससँग सम्पर्कविच्छेद भएको र खोजी गर्ने क्रममा बोलिभर विभागको सान्ता रोजा नगरपालिका नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सेनाले विज्ञप्तिमा बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.