भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वर्षा र पहिरोका कारण देशका ७ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध

वर्षा र पहिरोका कारण देशका ७ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध

मुख्य बूदा 

वर्षा र पहिरोका कारण देशका सात ठाउँमा सडक अवरुद्ध, आवतजावतमा समस्या।

नुवाकोटदेखि सिन्धुपाल्चोकसम्म पहिरोले सडक रोकियो, स्थानीय जनजीवन प्रभावित।

पहिरोले अवरुद्ध सडक खोल्न प्रशासन र सुरक्षाकर्मीहरू जुटे ।

लगातार वर्षाका कारण देशभरि सडक अवरुद्ध, उद्धार कार्यमा चुनौती।

काठमाण्डौ, १२ साउन । निरन्तर वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका सात विभिन्न स्थानमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन्।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरोले सडक अवरुद्ध भएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका–५ चालिसेमा पनि पहिरोका कारण मध्यपहाडी लोकमार्ग बन्द रहेको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा पासाङ ल्हामु सडकखण्ड पहिरोले अवरुद्ध छ। जाजरकोटको छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलामा समेत पहिरोका कारण मध्य पहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।

यस्तै, पहिल्यै अवरुद्ध भएका कर्णाली करिडोर अन्तर्गत हुम्ला, भेरी करिडोर अन्तर्गत रुकुम पश्चिमको आठबीसकोट, र कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोलाको सडक अझै खुल्न सकेको छैन।

सडक अवरुद्ध भएपछि आवतजावतमा समस्या बढेको छ भने उद्धार र आपतकालीन सेवाहरूमा पनि प्रभाव परेको छ। स्थानीय प्रशासन र सुरक्षा निकायहरूले सडक खुलाउने प्रयास गरिरहेका छन्।

 


Thali Mobile Pvt.Ltd.