भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

साइबर सुरक्षासम्बन्धी ८ पन्ने एडभाइजरी जारी

साइबर सुरक्षासम्बन्धी ८ पन्ने एडभाइजरी जारी

काठमाडौँ । साइबर सुरक्षासम्बन्धी ८ पन्ने एडभाइजरी जारी भएको छ । सञ्चार मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि उक्त एडभाइजरी जारी गरेको हो ।

सरकारी साइटहरुको सुरक्षा प्रणाली कमजोर रहेको भनेर आलोचना हुँदै आएको बेला केन्द्रले यस्तो एडभाइजरी जारी गरेको हो । वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्याबाट बच्ने उद्देश्यका साथ केन्द्रले एडभाइजरी जारी गरेको जनाएको छ ।

एडभाइजरीमा सामाजिक सञ्जाल चलाउँदा सावधानी अपनाउने तथा मोबाइल सुरक्षा सम्बन्धमा संवेदनशील छलफलमा सहभागी हुँदा मोबाइल बन्द गर्ने वा सुरक्षित स्थानमा बाहिर राख्ने जस्ता विषय समेत समेटिएको छ ।

डाटाको नियमित रुपमा ब्याकअप राख्ने, अर्काइभ गर्नका साथै बिजनेस कम्युनिटी प्लान तयार गरेर लागू गर्ने, जेन्युन लाइसेन्स भएका हार्डवेयर तथा सफ्टवेयरको प्रयोग गर्ने, पासवर्ड बलियो राख्ने र तीन–तीन महिनामा परिवर्तन गर्ने, सोर्स कोड अद्यावधिक गरेर सुरक्षित राख्ने, इमेललगायतका सूचना प्रविधि प्रणालीहरुमा मल्टी फ्याक्टर अथेन्टिकेसनको प्रयोगलाई प्रोत्साहन गर्ने जस्ता विषय रहेका छन् ।

सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा नेटवर्ककको सुरक्षाका सम्बन्धमा २१ बुँदे निर्देशन एडभाइजरीमा दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.