भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

तीन महिनामा ९० हजार सवारीचालक अनुमतिपत्र वितरण

तीन महिनामा ९० हजार सवारीचालक अनुमतिपत्र वितरण

भक्तपुर, ३२ असार  । यातायात व्यवस्था कार्यालयले पछिल्ला तीन महिनामा ९० हजार थान सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ।

उक्त अवधिमा लाइसेन्स वितरणबाट १९ करोड ८२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख प्रविण श्रेष्ठका अनुसार तीन महिनाको अवधिमा दुई लाख ३८ हजार थान सवारीचालक अनुमतिपत्र छापिएको थियो। तीमध्ये हालसम्म ९० हजार सेवाग्राहीलाई अनुमतिपत्र वितरण गरिएको छ।

उनले अहिले दैनिक एक हजारदेखि एक हजार ८०० जना सेवाग्राहीलाई सवारीचालक अनुमतिपत्र उपलब्ध गराइँदै आएको जानकारी दिए।

कार्यालयका अनुसार छापिएका बाँकी अनुमतिपत्र पनि क्रमशः सम्बन्धित सेवाग्राहीलाई वितरण गर्ने प्रक्रिया जारी रहेको छ।

 


Thali Mobile Pvt.Ltd.