भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

५ निकाय सचिवविहीन, ५ सचिव भने अतिरिक्त समूहमा जिम्मेवारीविहीन

५ निकाय सचिवविहीन, ५ सचिव भने अतिरिक्त समूहमा जिम्मेवारीविहीन

काठमाडौँ, 3२ असार । सचिवको दरबन्दी रहेका पाँच सरकारी निकायमा सचिव पद रिक्त रहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूह (जगेडा) मा पाँच सचिव जिम्मेवारीविहीन अवस्थामा राखिएको पाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेब पोर्टलअनुसार न्याय परिषद् सचिवालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल ट्रस्टको कार्यालय तथा निर्वाचन आयोग सचिवविहीन रहेका छन्।

यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा डा. गोविन्द शर्मा, लोकनाथ पौड्याल, राधिका अर्याल, हरिप्रसाद मैनाली र डुण्डुराज घिमिरे जिम्मेवारीविहीन अवस्थामा रहेको विवरण सार्वजनिक गरिएको छ।

जगेडामा रहेका सचिवमध्ये डुण्डुराज घिमिरे विरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी हाल निलम्बनमा रहेका छन्।

सचिव पद रिक्त भएका निकायमा लामो समयदेखि नेतृत्व अभाव रहँदा प्रशासनिक कार्यसम्पादन र निर्णय प्रक्रियामा प्रभाव पर्ने चिन्ता व्यक्त हुँदै आएको छ।

 


Thali Mobile Pvt.Ltd.