भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आर्थिक वर्षको अन्त्यतिर राजश्व संकलनमा सुधार, सवा १२ खर्ब उठ्यो

आर्थिक वर्षको अन्त्यतिर राजश्व संकलनमा सुधार, सवा १२ खर्ब उठ्यो

काठमाडौँ, ३२ असार । चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन बाँकी रहँदा सरकारले १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजश्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३१ गतेसम्मको यो संकलन वार्षिक लक्ष्यको ८२.७६ प्रतिशत हो।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो। गत आर्थिक वर्षको तुलनामा यस वर्ष राजश्व संकलनमा उल्लेखनीय सुधार देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको थियो। यस आधारमा चालु वर्षमा राजश्व संकलन ८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँ अर्थात् ७.४० प्रतिशत ले बढेको हो।

कुल संकलित राजश्वमध्ये ११ खर्ब ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर राजश्व रहेको छ, जुन कर राजश्व लक्ष्यको ८३.४३ प्रतिशत हो।

त्यस्तै, १ खर्ब १८ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ गैरकर राजश्व संकलन भएको छ। यो गैरकर राजश्व लक्ष्यको ७६.९९ प्रतिशत हो। गत वर्षको तुलनामा कर राजश्व ७.३४ प्रतिशत र गैरकर राजश्व ८.०२ प्रतिशत ले वृद्धि भएको कार्यालयले जनाएको छ।वैदेशिक अनुदान प्राप्तिमा पनि यस वर्ष सुधार

देखिएको छ। सरकारले चालु वर्ष ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असार ३१ गतेसम्म ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ अर्थात् ५८.५० प्रतिशत अनुदान प्राप्त गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३४.७५ प्रतिशत बढी हो।

राजश्व संकलन आर्थिक वर्षको अन्त्यतिर तीव्र हुने परम्पराअनुसार बुधबार मात्रै सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजश्व उठाएको छ। यसमध्ये १८ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ कर राजश्व रहेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको अन्तिम दिन थप राजश्व संकलन हुने भएकाले कुल राजश्व संकलनको दर अझै बढ्ने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.