भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नारायणी अस्पतालका सबै चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

नारायणी अस्पतालका सबै चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं, १२ साउन । वीरगन्जस्थित नारायणी अस्पतालका सबै चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। अस्पतालमा गत शनिबार भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधस्वरूप उनीहरूले यो कदम चालेका हुन्।

चिकित्सकहरूको सामूहिक राजीनामासँगै अस्पतालको आकस्मिक सेवा समेत बन्द भएको छ। आन्दोलनरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) को राजीनामाको माग गर्दै घटनामा संलग्न आक्रमणकारीलाई तत्काल कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्।

नेपाल चिकित्सक सङ्घले पनि वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा मंगलबार देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

सङ्घले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा देशभर आकस्मिक बाहेकका ओपीडी तथा अन्य नियमित स्वास्थ्य सेवा बन्द रहने जनाएको थियो। चिकित्सकहरूको आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका बिरामीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

 


Thali Mobile Pvt.Ltd.