भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पहिरो पन्छाइएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

पहिरो पन्छाइएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

काठमाडौं, १२ साउन । मुग्लिन नजिकै सुक्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड झण्डै साढे ४ घण्टापछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

मंगलबार बिहान नारायणगढ–मुग्लिन सडक अन्तर्गत मुग्लिन नजिक रहेको खहरे खोला क्षेत्रमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण दुवैतर्फ सवारी साधन रोकिएका थिए भने यात्रुले लामो समय सास्ती भोग्नुपरेको थियो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो हटाउन तीन वटा मेसिन (स्काभेटर/डोजर) प्रयोग गरिएको थियो। पहिरो पूर्ण रूपमा पन्छाएपछि सडक दुवैतर्फबाट सवारी साधन सञ्चालनमा ल्याइएको हो।

प्रहरी र सडक डिभिजनको समन्वयमा सडक खुलाइएपछि रोकिएका सवारी साधनलाई क्रमशः गन्तव्यतर्फ पठाउन थालिएको छ। वर्षायामका कारण यस सडकखण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.