भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मोरङमा डिजे बजाउन पूर्ण प्रतिबन्ध, उल्लङ्घन गरे कानुनी कारबाही हुने

मोरङमा डिजे बजाउन पूर्ण प्रतिबन्ध, उल्लङ्घन गरे कानुनी कारबाही हुने

विराटनगर । जिल्ला प्रशासन कार्यालय, मोरङले जिल्लाभर मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका सबै सार्वजनिक तथा सामाजिक कार्यक्रममा डिजे (DJ) बजाउन पूर्ण प्रतिबन्ध लगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा अर्को सूचना जारी नभएसम्म मोरङ जिल्लाभर कुनै पनि स्थानमा डिजे प्रयोग नगर्न तथा नगराउन निर्देशन दिइएको छ।

प्रशासनले सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ।सूचनामा प्रशासनको निर्देशनको अवज्ञा गर्दै कसैले डिजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले सबै स्थानीयवासी, आयोजक तथा सरोकारवालालाई प्रशासनको निर्णय पालना गर्न अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.