भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सैन्य विमान दुर्घटना हुँदा सुडानमा ४६ जनाको मृत्यु

सैन्य विमान दुर्घटना हुँदा सुडानमा ४६ जनाको मृत्यु

कायरो । सैन्य विमान दुर्घटना हुँदा सुडानमा ४६ जनाको मृत्यु भएको छ। सुडानको ओमदुरमान शहरमा भएको विमान दुर्घटनामा कम्तिमा ४६ जनाको मृत्यु भएको हो ।

सेनाले उक्त दुर्घटनामा सैनिक र सर्वसाधारणको ज्यान गएको बताए पनि कति जनाको ज्यान गएको खुलासा गरेको छैन र दुर्घटना पश्चात्‌का कुनै जानकारी दिएको छैन। स्वास्थ्य मन्त्रालयले कम्तीमा १९ जनाको मृत्यु भएको जनाएको छ। सुडानका सेना र स्वास्थ्य अधिकारीहरूले उक्त जानकारी दिएका छन्।

सेनाले एक विज्ञप्तिमार्फत एन्टोनोभ विमान मंगलबार अबेर ओमदुरमानको उत्तरमा रहेको वादी सैयदना एयरबेसबाट उड्ने क्रममा दुर्घटनाग्रस्त भएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयले ओमदुरमानको करारी जिल्लाको एउटा घरमा विमान खसेको भन्दै प्रारम्भिक मृत्यु हुनेको संख्या १९ रहेको बताएको थियो।

मारिनेमा खार्तुमका वरिष्ठ कमाण्डर मेजर जनरल बहर अहमद पनि रहेको बताइएको छ। उत्तरी ओमदुरमानका बासिन्दाहरूले दुर्घटनाले शक्तिशाली विस्फोट भएको थियो। धेरै घरमा क्षति पुर्‍याएको र नजिकैका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको जानकारी दिए।

उनीहरूको शव अहिले ओमदुरमानमा पठाइएको छ। दुई बालबालिकासहित पाँच घाइते सर्वसाधारणलाई अस्पताल भर्ना गरिएको छ। सेना र अर्धसैन्य समूह ‘र्‍यापिड सपोर्ट फोर्स’बीच द्वन्द्व भएपछि सुडान २०२३ देखि गृहयुद्धमा फसेको छ।

अलजजीराका अनुसार ग्रेटर खार्तुमको एक हिस्सा रहेको उत्तरी ओमदुरमानको वादी सैयदना सैन्य विमानस्थलबाट उड्ने क्रममा एन्टोनोभ विमान मंगलबार ढिलो दुर्घटना भएको थियो। दुर्घटनामा अन्य १० जना पनि घाइते भएको बुधबार जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.