भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

कुष्ठरोग प्रभावितहरूलाई जागरुक गराउन आह्वान

कुष्ठरोग प्रभावितहरूलाई जागरुक गराउन आह्वान

काठमाडौं । ७२ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । विश्व कुष्ठ रोग दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँएको हो ।

पहिलो पटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा.जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए। त्यसैले यसलाई ह्यानसेन्स रोग पनि पनि भनिन्छ ।

यो वर्ष “एकजुट हौं, कार्य गरौं र उन्मूलन गरौं’ भन्ने नारासहित विश्वभर मनाइँदैछ। माइकोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुको कारणले लाग्ने कुष्ठरोगका कारण नेपालमा बर्सेनी २ देखि ३ हजारका हाराहारीमा बिरामी फेला पर्ने गरेका छन् ।

कुष्ठरोग प्रभावितहरूलाई जागरुक गराउने, सम्मान गर्ने तथा रोगीप्रतिको भेदभाव अन्त्य गर्ने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभर यो दिवस जनवरी महिनाको अन्तिम आइतबार मनाउन थालिएको हो ।

कुष्ठरोग उन्मूलन गर्न सरकार, स्वास्थ्य सेवा प्रदायक, गैरसरकारी संस्था, समुदाय र व्यक्ति लगायत सबै सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यक रहेकोमा विश्वस्वास्थ्य संगठनको जोड छ। निदान, नवीन उपचार र पहुँचमा निरन्तर लगानी आवश्यक रहेको संगठनले बताएको छ।

नेपालमा सन २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो। प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ।

 


Thali Mobile Pvt.Ltd.