भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

अछामको ढकारी गाउँपालिकामा दुई किशोरी जंगलमा मृत भेटिए

अछामको ढकारी गाउँपालिकामा दुई किशोरी जंगलमा मृत भेटिए

काठमाडौं । दुई किशोरी अछाममा मृत फेला परेका छन्। अछामको ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी १४ वर्षीया ईश्वरा खड्का र उदयराम खड्काकी छोरी १४ वर्षीया सरस्वती खड्का शनिबार बेलुकी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

उनीहरु ढकारी गाउँपालिका–१ को जंगल क्षेत्रमा शनिबार साँझ दुई किशोरी ​मृत भेटिएका हुन् । दुवै किशोरी शुक्रबार ढकारी–१ मा पर्ने छिन्ने ओडार जंगलमा गाईबस्तु चराउन गएका थिए।

अनुसन्धानका लागि अहिले प्रहरी नायब उपरीक्षक (डीएसपी) नेतृत्वको टोली घटनास्थलतर्फ गएको जनाइएको छ । दुवैजना साँझ नफर्किएपछि परिवार र आफन्तले खोजी गरेका थिए।

यसक्रममा शनिबार साँझ साढे ६ बजेतिर जंगलमा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.