भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

एक जना विद्यार्थाीलाई १ अर्ब ८७ करोड ७ लाख १३ हजार (क्रिप्टो करेन्सी) को कारोबार गरेको आरोप

एक जना विद्यार्थाीलाई १ अर्ब ८७ करोड ७ लाख १३ हजार (क्रिप्टो करेन्सी) को कारोबार गरेको आरोप

काठमाडौँ । एक जना विद्यार्थाीलाई १ अर्ब ८७ करोड ७ लाख १३ हजार बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार गरेको आरोप लागेको छ । धादिङको खनियावास गाउँपालिका–४ घर भएर टोखामा बस्ने रोशन गुरुङलाई उक्त आरोप लागेको हो । झण्डै दुई अर्बको कारोबार देखिए पनि रोशनको गोजी ‘रित्तै’ छ ।

अनुसन्धान अधिकृतहरूका अनुसार उनी पठाओ चढेर हिँड्छन् । कलिलो उमेरमा अर्बको कारोबार सामान्य कुरा होइन । तर, सूचना प्रविधि पढेका युवाहरू पछिल्लो समय नेपालको कानुनले अवैध मानेको ‘क्रिप्टो कारोबार’ गरिरहेका छन् ।

काठमाडौँको तिलिङ्गेटारबाट फागुन १९ मा पक्राउ परेका रोशन अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । डिजिटल मुद्रा कारोबार गर्नेहरूको सूचना संकलन गरेर सूक्ष्म अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.