भर्खरै : Sorry, your browser does not support inline SVG.
नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो |

हात्तीको हुलले भाँडाकुँडा र अन्य सामानसमेत कुल्चेर तहसनहस

हात्तीको हुलले भाँडाकुँडा र अन्य सामानसमेत कुल्चेर तहसनहस

सर्लाही । जंगली हात्तीको समूहले एक विपन्न परिवारको कच्ची घर भत्काइदिएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा जङ्गली जंगली हात्तीले घर भत्काईदिएका हुन ।

बिहान ३ बजेतिर आएको हात्तीको हुलले भाँडाकुँडा र अन्य सामानसमेत कुल्चेर तहसनहस बनाइदिएको छ । भाग्न नसक्ने वृद्धालाई नातिनीले बोकेर सुरक्षित स्थानमा पुर्‍याएकाले मानवीय क्षति भने हुन पाएन।

स्थानीयका अनुसार महोत्तरीको गौशाला क्षेत्रमा आतङ्क मच्चाइरहेका जङ्गली हात्ती सागरनाथ वन विकास परियोजनाको जङ्गल हुँदै सर्लाही प्रवेश गरेका हुन्।

हरेक वर्ष यस याममा हात्तीहरू गाउँ पस्ने भएकाले स्थानीयवासी त्रसित छन्। ८६ वर्षीया धनमाया तामाङको घर भत्काएर हात्तीहरूले भित्र रहेको धान, चामल लगायतका खाद्यान्न खाएका छन्।

 


Thali Mobile Pvt.Ltd.