भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकारले पहल थाल्ने

नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकारले पहल थाल्ने

काठमाण्डौ । नेपाल सरकारले भारतमा रहेका नेपाली विद्यार्थीका लागि आवश्यक कूटनीतिक पहल गर्ने भएको छ । भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकारले पहल थाल्ने भएको हो ।

विश्वविद्यालयमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा मृत फेला परेपछि सिर्जित समस्यामा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका थिए । नेपाल सरकारको पहलपछि कलेज प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई कलेज फर्किन आह्वान गरिसकेको छ ।

साथै घटनाको छानबिन गर्न ओडिसा राज्य सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा पछिल्लो अवस्थालाई निगरानी गर्दै नेपाली विद्यार्थीको सुरक्षा ग्यारेन्टीका लागि कूटनीतिक पहल बढाउनेबारे छलफल गरेको हो ।

मृतक छात्रा प्रकृति लम्साललाई कलेजमा अध्ययनरत एक विद्यार्थीले यसअघि पटक पटक दुव्र्यवहार गरेको विद्यार्थीले बताउँदै आएका छन् । आइतवार बेलुका उनी होस्टेलमा मृत भेटिएपछि अनुसन्धान र न्यायको माग गर्दा विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीमाथि दमन गरेको थियो ।

विश्वविद्यालयले माफी मागेपछि विश्वविद्यालय प्रशासन र नेपाली विद्यार्थीबीच उत्पन्न तनावको अवस्था सामान्य बन्दै गएको छ । नेपाली विद्यार्थी कलेज फर्किन थालेका छन् ।

शिक्षा मन्त्रालयले केआईआईटी विश्वविद्यालयमा भएको घटना र समस्याको न्यायपूर्ण समाधान नगरिए वैदेशिक अध्ययन अनुमतिपत्र ९एनओसी० रोक्ने सम्मको चेतावनी दिएको छ ।

ओडिसाको घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण गर्न सहायता कक्ष बनाइएको शिक्षा मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.