भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिका र रुस उच्चस्तरीय टोली गठन गर्न सहमत

अमेरिका र रुस उच्चस्तरीय टोली गठन गर्न सहमत

एजेन्सी । अमेरिका र रुस उच्चस्तरीय टोली गठन गर्न सहमत भएका छन् । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न साउदी अरबमा मंगलबार रुस र अमेरिकाबीच भएको वार्ता भएको छ ।

अमेरिकी टोलीमा विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेषदूत स्टिभ विटकफ पनि सहभागी थिए । साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल–साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन महम्मद अल–ऐवान सहभागी थिए ।

अमेरिकाले यो वार्ता युद्ध अन्त्यका लागि रुस गम्भीर भए–नभएको विषय निर्धारण गर्ने महत्त्वपूर्ण कदम भएको बताएको छ। वार्तामा युक्रेनी पक्षलाई भने सहभागी गराइएको थिएन। वार्तापछि अमेरिकी विदेशमन्त्री रुबियोले कसैलाई पनि किनारा नलगाएको बताए।

यसअघि युक्रेनी राष्ट्रपति भ्लोदिमिरजेलेन्स्कीले ‘युक्रेनको संलग्नताबिना गरिएका सम्झौता युक्रेनले कहिल्यै पनि स्वीकार नगर्ने’ बताएका थिए। दुई देशका प्रतिनिधिबीच साउदी अरबमा मंगलबार वार्ता भएको हो । वार्ताको नेतृत्व दुवै देशका विदेशमन्त्रीले गरेका थिए।

वार्तामा रुसका तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ र युरी उसाकोभ सहभागी थिए। उच्चस्तरीय वार्ता गर्ने सहमति भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.