भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

अमेरिका र रुस उच्चस्तरीय टोली गठन गर्न सहमत

अमेरिका र रुस उच्चस्तरीय टोली गठन गर्न सहमत

एजेन्सी । अमेरिका र रुस उच्चस्तरीय टोली गठन गर्न सहमत भएका छन् । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न साउदी अरबमा मंगलबार रुस र अमेरिकाबीच भएको वार्ता भएको छ ।

अमेरिकी टोलीमा विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेषदूत स्टिभ विटकफ पनि सहभागी थिए । साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल–साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन महम्मद अल–ऐवान सहभागी थिए ।

अमेरिकाले यो वार्ता युद्ध अन्त्यका लागि रुस गम्भीर भए–नभएको विषय निर्धारण गर्ने महत्त्वपूर्ण कदम भएको बताएको छ। वार्तामा युक्रेनी पक्षलाई भने सहभागी गराइएको थिएन। वार्तापछि अमेरिकी विदेशमन्त्री रुबियोले कसैलाई पनि किनारा नलगाएको बताए।

यसअघि युक्रेनी राष्ट्रपति भ्लोदिमिरजेलेन्स्कीले ‘युक्रेनको संलग्नताबिना गरिएका सम्झौता युक्रेनले कहिल्यै पनि स्वीकार नगर्ने’ बताएका थिए। दुई देशका प्रतिनिधिबीच साउदी अरबमा मंगलबार वार्ता भएको हो । वार्ताको नेतृत्व दुवै देशका विदेशमन्त्रीले गरेका थिए।

वार्तामा रुसका तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ र युरी उसाकोभ सहभागी थिए। उच्चस्तरीय वार्ता गर्ने सहमति भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.