भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु |

एक जनालाई सेवाबाट हटाउने स्वास्थ्य मन्त्रालयको तयारी

एक जनालाई सेवाबाट हटाउने स्वास्थ्य मन्त्रालयको तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक जनालाई सेवाबाट हटाउने तयारी गरेको छ । कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (नवौँ तह) डा. सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको हो ।

मन्त्रालयले सेवाबाट हटाउनु नपर्ने कुनै कारण भए सबुत प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनेको छ । यसबारे मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना नै प्रकाशित गरेको छ ।

गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय उपस्थित नभएपछि उनलाई मन्त्रालयले सेवाबाट हटाउने तयारीस्वरुप दोस्रो पटक स्पष्टीकरण सोधेको हो ।

यसअघि गत फागुन १० मा उनलाई ७ दिने स्पष्टीकरण सोधिएको थियो । तर उनको स्पष्टीकरण सन्तोषजनक नभएकाले अहिले फेरि सेवाबाट किन नहटाउने भनी १५ दिनको समय दिएर अर्को स्पष्टीकरण सोधिएको हो ।

 


Thali Mobile Pvt.Ltd.