भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

काभ्रेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा एक महिलाको ज्यान गयो

काभ्रेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा एक महिलाको ज्यान गयो

काभ्रे । काभ्रेमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा आगलागीमा एक महिलाको ज्यान गएको हो । आगो पाँच वटा दमकलको सहायतामा सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले निभाएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा उद्योगका कामदार काठमाण्डौको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेका तोयानाथ दङ्गालकी श्रीमती ७० वर्षीया टीकादेवी दङ्गालको ज्यान गएको हो ।

आगलागीबाट फर्निचर उद्योगको ८० लाख, अन्य दुई घरको १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागीमा घाइते भएका तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

आगोले फर्निचरसहित दुई घर जलेका छन् । बिजुली सर्ट भएर उद्योगबाट शुरू भएको आगो नजिकै रहेका कृष्ण विकको कच्ची घर तथा ध्रुव बहादुर विकको जस्तापाताको टहरोमा पुगेको थियो ।

 


Thali Mobile Pvt.Ltd.