भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

प्रधानमन्त्री ओलीले सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्ने

प्रधानमन्त्री ओलीले सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्ने

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको कार्यालय उद्घाटन गर्नुहुने भएको छ । यहिँ माघ १४ गते सोमबार नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुहुने भएको हो ।

भवनको शुरु लागत अनुमान २९ करोड ५२ लाख ९३ हजार ३ सय ४५ रुपैया ३४ पैसा (भ्याट बाहेक) भएपनि ठेक्का सम्झौता रकम भने २० करोड ४१ लाख ५२ हजार ३३१ रुपैया ८९ पैसा (भ्याट बाहेक) रहेको छ ।

६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा रहेको छ । दुई तल्ला वेशमेण्ट पार्किङमा करिब ५ सय सवारी साधनहरु पार्किङ गर्ने मिल्ने रहेको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।

भवनमा ८ जना क्षमताको दुई वटा लिफ्ट, ३ सय जना अट्ने सेमिनार हल, दुई वटा बैठक कक्ष, एउटा पुस्तकालय कक्ष, एउटा तालिम कक्ष र ९२ कार्यालय कक्ष रहेको छ । भवनमा अपाङ्ग मैत्री, स्तनपान कक्ष, बालमैत्रीलगायतका सुविधाहरु रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.