प्रधानमन्त्री ओलीले सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्ने

प्रधानमन्त्री ओलीले सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्ने image

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको कार्यालय उद्घाटन गर्नुहुने भएको छ । यहिँ माघ १४ गते सोमबार नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुहुने भएको हो ।

भवनको शुरु लागत अनुमान २९ करोड ५२ लाख ९३ हजार ३ सय ४५ रुपैया ३४ पैसा (भ्याट बाहेक) भएपनि ठेक्का सम्झौता रकम भने २० करोड ४१ लाख ५२ हजार ३३१ रुपैया ८९ पैसा (भ्याट बाहेक) रहेको छ ।

६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा रहेको छ । दुई तल्ला वेशमेण्ट पार्किङमा करिब ५ सय सवारी साधनहरु पार्किङ गर्ने मिल्ने रहेको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।

भवनमा ८ जना क्षमताको दुई वटा लिफ्ट, ३ सय जना अट्ने सेमिनार हल, दुई वटा बैठक कक्ष, एउटा पुस्तकालय कक्ष, एउटा तालिम कक्ष र ९२ कार्यालय कक्ष रहेको छ । भवनमा अपाङ्ग मैत्री, स्तनपान कक्ष, बालमैत्रीलगायतका सुविधाहरु रहेका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • आगलागीबाट होटल तथा कार्यालय जनलेर नष्ट image

    आगलागीबाट होटल तथा कार्यालय जनलेर नष्ट

    खोटाङ । खोटाङमा भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः नष्ट भएको छ। हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भएको आगलागीबाट होटल तथा कार्यालय...

  • शुक्रबार सुनको मूल्य १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम image

    शुक्रबार सुनको मूल्य १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम

    काठमाडौँ । सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । नेपाली बजारमा आइतबार सुनको मुल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि...

  • प्राविधिक ज्ञानको कमीले दुर्घटना भयो image

    प्राविधिक ज्ञानको कमीले दुर्घटना भयो

    काठमाण्डौ । प्राविधिक ज्ञानको कमीका कारण दुर्घटना भएको छ । पोखरामा भएको बेलुन दुर्घटनामा लापरवाहीसँगै प्राविधिक ज्ञानको कमीका कारण भएको विज्ञहरुले बताएका हुन । पोखरा भ्रमण वर्षको शुभारम्म कार्यक्रममा...

  • पाथीभरामा यस वर्षको तेस्रो हिमपात image

    पाथीभरामा यस वर्षको तेस्रो हिमपात

    ताप्लेजुङ । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र...


hotelghyampedanda