भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

अमेरिकामा एकै दिन साढे पाँच सय आप्रवासी पक्राउ, आप्रवासीलाई ‘आपराधिक एलियन’ को संज्ञा

अमेरिकामा एकै दिन साढे पाँच सय आप्रवासी पक्राउ, आप्रवासीलाई ‘आपराधिक एलियन’ को संज्ञा

एजेन्सी । अमेरिकामा एकै दिन साढे पाँच सय जना पक्राउ परेका छन् । अमेरिकामा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियानमा एकैदिन झण्डै साढे पाँच सय जना पक्राउ परेका हुन ।

ट्रम्प प्रशासनले बिहीवार मात्रै पाँच सय ३८ जना अवैध आप्रवासीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको समाचारसंस्था एएफपीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान शुरू गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगेको ह्वाइट हाउसले जनाएको छ ।

अमेरिकामा झण्डै एक करोड १० लाख गैरकानुनी आप्रवासी रहेका अनुमान गरिएको छ । इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको बेला ट्रम्पले चुनावी अभियानका क्रममै अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने बताएका थिए ।

आफ्नो कार्यकालको पहिलो दिन नै राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा ‘राष्ट्रिय आपतकालीन अवस्था’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका थिए । उनले आप्रवासीलाई ‘आपराधिक एलियन’ को संज्ञा दिँदै उनीहरूलाई देश निकाला गर्ने घोषणा गरेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.