एजेन्सी । अमेरिकामा एकै दिन साढे पाँच सय जना पक्राउ परेका छन् । अमेरिकामा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियानमा एकैदिन झण्डै साढे पाँच सय जना पक्राउ परेका हुन ।
ट्रम्प प्रशासनले बिहीवार मात्रै पाँच सय ३८ जना अवैध आप्रवासीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको समाचारसंस्था एएफपीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान शुरू गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगेको ह्वाइट हाउसले जनाएको छ ।
अमेरिकामा झण्डै एक करोड १० लाख गैरकानुनी आप्रवासी रहेका अनुमान गरिएको छ । इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको बेला ट्रम्पले चुनावी अभियानका क्रममै अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने बताएका थिए ।
आफ्नो कार्यकालको पहिलो दिन नै राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा ‘राष्ट्रिय आपतकालीन अवस्था’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका थिए । उनले आप्रवासीलाई ‘आपराधिक एलियन’ को संज्ञा दिँदै उनीहरूलाई देश निकाला गर्ने घोषणा गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ। भारतको राजधानी दिल्लीमा आइतबार बिहान भएको घटनामा कैयौँ मानिस घाइते हुन । प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री...
एजेन्सी । हमासले तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ । हमास लडाकू समूहले तीन जना रिहा गर्न लागेको हो । प्यालेस्टिनी लडाकू समूह हमासले यसै हप्ता जीवित बन्धकलाई...
एजेन्सी । भारत र अमेरिकाबीच नयाँ सहमती भएको छ । भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको हो । भारत र अमेरिकाको व्यापार असन्तुलन कम गर्न भारत...
काठमाडौं । छिट्टै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटवार्ता गर्ने भएका छन् । दुई देशका राष्ट्रपतिबिच भएको टेलिफोन वार्तापछि भेटघाटको वातावरण बनेको बताइएको छ । निकट...