भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज र भोलि ३ घन्टा बन्द हुने

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज र भोलि  ३ घन्टा बन्द हुने

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज र भोलि ३ घन्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय तनहुँका अनुसार आज बिहान १० बजेदेखि १ बजेसम्मका लागि राजमार्ग पूर्ण रुपमा बन्द गर्न लागिएको हो ।

आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने सडकखण्डमा माथिबाट ढुंगा झर्ने जोखिम रहेको ढुंगा झार्नुपर्ने भएकाले बाटो बन्द गर्न लागेको सडक डिभिजन कार्यालय तनहुँका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।

२ दिनभित्र सबै ढुंगाहटाएर बाटो नियमित खुलाउने तयारी भइरहेको उनले बताए । तत्कालका लागि उक्त सडकखण्डको कुनै वैकल्पिक बाटो नभएको ज्ञवालीको भनाइ छ ।

 

 


Thali Mobile Pvt.Ltd.