भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज र भोलि ३ घन्टा बन्द हुने

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज र भोलि  ३ घन्टा बन्द हुने

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज र भोलि ३ घन्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय तनहुँका अनुसार आज बिहान १० बजेदेखि १ बजेसम्मका लागि राजमार्ग पूर्ण रुपमा बन्द गर्न लागिएको हो ।

आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने सडकखण्डमा माथिबाट ढुंगा झर्ने जोखिम रहेको ढुंगा झार्नुपर्ने भएकाले बाटो बन्द गर्न लागेको सडक डिभिजन कार्यालय तनहुँका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।

२ दिनभित्र सबै ढुंगाहटाएर बाटो नियमित खुलाउने तयारी भइरहेको उनले बताए । तत्कालका लागि उक्त सडकखण्डको कुनै वैकल्पिक बाटो नभएको ज्ञवालीको भनाइ छ ।

 

 


Thali Mobile Pvt.Ltd.