चितामा आगो लगाउने क्रममा जलेर दुई जना घाइते

चितामा आगो लगाउने क्रममा जलेर दुई जना घाइते image

तनहुँ । चितामा आगो लगाउने क्रममा जलेर दुई जना घाइते भएका छन् ।

देवघाट गाउँपालिका दराइटार बस्ने ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा कुशको लास बनाइ कुशको चितामा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा दुई घाइते भएको प्रहरीले जनाएको छ ।

पेट्रोलको लप्काबाट निस्केको आगोले जलेर देवघाट गाउँपालिका २ डिगाउँ बस्ने ५२ वर्षीय नरबहादुर चितौरे र २७ वर्षीय लक्ष्मण सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

घाइते दुवै मलामीको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’ image

    भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’

    भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत...

  • फेडोले गर्याे नवनिर्वाचित पत्रकारहरूलाई  सम्मान image

    फेडोले गर्याे नवनिर्वाचित पत्रकारहरूलाई सम्मान

    काठमाडौं । दलित महिला संघ (फेडो)ले दलित समुदायका मुद्दालाई आम संचारको माध्यमबाट उजागर गरी समाज रुपान्त्रणमा महत्वपूर्ण भूमिकासहितको पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गरेको छ । फेडोले आज भव्य कार्यक्रमको...

  • पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत image

    पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

    बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको...

  • डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु image

    डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु

    अछाम । डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता...


hotelghyampedanda