भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सोमबार उम्मेद्‌वारी दर्ता, मंगलबार निर्वाचन हुने

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सोमबार उम्मेद्‌वारी दर्ता, मंगलबार निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि २८ उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

उपाध्यक्ष, दलका नेता तथा प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफलपछि उम्मेदवारी दर्ताको मिति तय भएको हो ।

दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गरी फागुन २८ सोमबार उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले बताइन् ।

समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य रहेका छन् । मतदान फागुन २९ गते मङ्गलबार हुने छ । फागुन २९ गते अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। तालिकाबमोजिम नै निर्वाचन हुने भएको छ ।

फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल सम्पन्न भएको थियो । रिक्त भएका २० मध्ये १९ सदस्य निर्वाचित भई शपथग्रहण गर्दै नियमित कामकारबाहीमा सहभागी भइसकेका छन् ।

२० मध्ये राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सकिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.