भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सोमबार उम्मेद्‌वारी दर्ता, मंगलबार निर्वाचन हुने

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सोमबार उम्मेद्‌वारी दर्ता, मंगलबार निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि २८ उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

उपाध्यक्ष, दलका नेता तथा प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफलपछि उम्मेदवारी दर्ताको मिति तय भएको हो ।

दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गरी फागुन २८ सोमबार उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले बताइन् ।

समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य रहेका छन् । मतदान फागुन २९ गते मङ्गलबार हुने छ । फागुन २९ गते अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। तालिकाबमोजिम नै निर्वाचन हुने भएको छ ।

फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल सम्पन्न भएको थियो । रिक्त भएका २० मध्ये १९ सदस्य निर्वाचित भई शपथग्रहण गर्दै नियमित कामकारबाहीमा सहभागी भइसकेका छन् ।

२० मध्ये राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सकिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.