भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मोटरसाइकल र टेम्पो एकआपसमा ठोक्किदा एक जनाको मृत्यु

मोटरसाइकल र टेम्पो एकआपसमा ठोक्किदा एक जनाको मृत्यु

काठमाडौं । मोटरसाइकल र टेम्पो एकआपसमा ठोक्किदा बारामा एक जनाको मृत्यु भएको छ। चारजना सवार रहेको मोटरसाइकल टेम्पोसँग ठोक्किएर तीन जना घाइते भएका छन्।

कलैया उपमहानगरपालिका १२ धर्मनगरमा सोमबार राति कलैयाबाट धर्मनगर जाँदै गरेको ना ५४ प ४७४८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना २ ह ५३७२ नम्बरको टेम्पोमा ठोक्किएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक कलैया उपमहानगरपालिका १२ धर्मनगरकै २४ वर्षीय रामाकान्त पटेलको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। मोटरसाइकलमा सवार अन्य तीन जना समान्य घाइते भएको उनले बताए।

घटनाको सम्बन्धमा थप अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.