भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

वीरेन्द्रनगरमा कारको ठक्करबाट ज्येष्ठ नागरिकको मृत्यु

वीरेन्द्रनगरमा कारको ठक्करबाट ज्येष्ठ नागरिकको मृत्यु

सुर्खेत । वीरेन्द्रनगरमा कारको ठक्करबाट एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ घर भएका ७२ वर्षीय लोकबहादुर शाही रहेका छन् ।

प्रहरीका अनुसार हिजो बेलुका वीरेन्द्रनगरको तीनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको कारले पैदल यात्री शाहीलाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट घाइते भएका उनको प्रदेश अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको हो ।

उनलाई ठक्कर दिएको कारको पहिचान हुन सकेको छैन । खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.