भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु

भक्तपुर । सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ चुनदेबी आकासे पुल नजिकै सूर्यविनायकबाट सल्लाघारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३२ प ३३१३ नं को मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ धनेश्वर बस्ने वर्ष ४० वर्षिय मणिराज घिमिरे गम्भिर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।

मोटरसाईकल चालक रामेछाप मन्थली नगरपालिका वडा नं ४ घर भई हाल जिल्ला काभ्रेपलान्चोक जोरपाटी बस्ने वर्ष ३७ को बिनोद प्रसाद घिमिरेलाई प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखि घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.