भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अदालत अगाडि मिटरब्याजपीडितलाई कुटपिट

अदालत अगाडि मिटरब्याजपीडितलाई कुटपिट

सिरहा । सिरहा जिल्ला अदालत अगाडि मिटरब्याजपीडितलाई कुटपिट गर्नेमाथि मुद्दा दर्ता भएको छ । मिटरब्याजी श्याम निरौलाविरुद्ध प्रहरीमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको हो ।

सिरहा विष्णुपुरका निरौलाले बकपत्रका लागि अदालत गएका पीडितहरू ककुलतीदेवी यादव र सुकुमारीदेवी साहलाई हिजो कुटपिट गरेका थिए । घटनापछि मिटरब्याजपीडितले जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना दिएका थिए ।

निरौलालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले बताए । निरौलामाथि अनुचित लेनदेन विषयमा अदालतमा मुद्दा चलिरहेको छ । उनीमाथि ४ दर्जनभन्दा बढी उजुरी छन् ।

 


Thali Mobile Pvt.Ltd.