भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

द्विपक्षीय वार्तापछि नौ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर

द्विपक्षीय वार्तापछि नौ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनले बेल्ट एन्ड रोड परियोजनामा गहिरो सहकार्य गर्ने सहमति जनाएका छन्। नेपाल र चीनले आपसी विकास रणनीतिहरूको समन्वयलाई थप मजबुत बनाउन सहमती जनाएका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं–हेटौंडा पोडवे, दुई सय २० केभी प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय लगायतका विषय अनुदानमा लिने गरी प्रस्ताव गरेको छ ।

मंगलबार अबेर सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा आपसी विकास र रणनीतिको समन्वयलाई थप मजबुत र बेल्ट एन्ड रोड परियोजनामा गहिरो सहकार्य गर्ने सहमति भएको हो ।

मंगलबारै प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तापछि नौ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ। टोखा–छहरे सुरुङमार्ग बाहेकका अन्य कुनै पनि विषयमा सहमति गर्न चीन तयार नभएपछि नेपालले गरेको प्रस्तावमाथि छलफल हुन सकेन।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा नेपालका तर्फबाट बीआरआई अन्तर्गत अनुदानमा लिने गरि परियोजनाहरु प्रस्ताव गरिए पनि चिनियाँ पक्षले असहमति जनाएको छ ।

दुवै देशले ट्रान्स हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल निर्माण र बेल्ड एन्ड रोड फ्रेमवर्कमा सक्दो चाँडो समझदारीपत्रमा हस्ताक्षर गर्न तयार रहेको उल्लेख छ।

 

 


Thali Mobile Pvt.Ltd.