भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

नक्कली बजार अनुगमनकर्ता प्रहरीको फन्दामा परेपछि ….

नक्कली बजार अनुगमनकर्ता प्रहरीको फन्दामा परेपछि ….

काभ्रेपलाञ्चोक । बजार अनुगमनकर्ता भन्दै पसल सिल गराउने दुईजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकमा धम्की दिने दुई व्यक्ति नक्कली सावित भएपछि प्रहरीको फन्दामा परेका हुन ।

बुधवार दिउँसो काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ५ घसिलामार्गमा रहेको बेकरी पसल अनुगमन गरिरहेका नक्कली अनुगमनकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ बिपरित ठगी कसुर गरेको देखिएको हुँदा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ५ दिन म्याद अनुमती लिई विस्तृत अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

\उपभोक्ता हित संरक्षण मञ्च नेपालबाट अनुगमन गर्न आएको बताउने २ जना पुरुषलाई पक्राउ गरिएको र पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक ७ वस्ने बर्ष ५० को वासुदेव न्यैपाने र वर्ष ५२ को रोशन पोखरेल रहेको प्रहरीले जनाएको छ ।

करिब १ महिना अघि उनीहरु सोही क्षेत्रमा रहेको एक बेकरी पसल अनुगमन गरी पसलको दर्ता प्रमाणपत्र र खाद्यको प्रमाणपत्र नभएको भन्दै पसल सिल गरिदिने धाकधम्की लगाई रु दश हजार रुपैयाँ लिएर फरार भएका प्रहरीको दावी छ ।

बुधवार अर्को बेकरीमा प्रबेश गरेको देखि व्यवसायीहरुले प्रहरीलाई खबर गरेपश्चात ईलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटिई गई खानतलासी गरी पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु उपभोक्ता हित संरक्षण मञ्चका कुनै पनि जिम्मेवार पदमा नरहेको तथा उनीहरूको साथमा रहेको परिचयपत्र समेत नक्कली भएको प्रहरी काभ्रे प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.