भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

सिंहदरबार र बालुवाटर लघुवित्त, मिटरब्याज पीडितको निशानामा

सिंहदरबार र बालुवाटर लघुवित्त, मिटरब्याज पीडितको निशानामा

काठमाडौं । मिटरब्याज पीडितले सिंहदरबार घेराउ र पीडितले बालुवाटर लक्षित आन्दोलन थालेका छन् । काठमाडौंमा जम्मा भएका लघुवित्त पीडितहरुले शुक्रबार बालुवाटार लक्षित आन्दोलन गर्ने र मिटरव्याज पीडितहरुले सिंहदरबार लक्षित आन्दोलन थालेका हुन ।

मित्र पार्कको चौरमा बसेका लघुवित्त पीडितहरुले बालुवाटार क्षेत्रमा प्रदर्शन गर्ने वित्तिय शोषणविरुद्धको संघर्ष भएको जनाएका छन् । २३ दिनको पैदलयात्रा गरी काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले त्रिभुवन पार्कको खुला ठाउँमा बसेर पैदलयात्र गरी सिंहदरबार केन्द्रीत आन्दोलन थालका हुन ।

यसअघि पनि पैदलमार्च गरेर काठमाडौं आएका मिटरब्याज पीडितलाई माग सम्बोधनको आश्वासन दिएर सरकारले फिर्ता पठाएको थियो। साथै सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोगसमेत गठन गरेको थियो। तर, आयोगले आफ्ना माग सम्बोधन नगरिदिएको पीडितहरुको आरोप छ।

यता लघुवित्त पीडितहरुले ऋण मिनाह, लघुवित्त संस्था खारेजीलगायत केही राजनीतिक मागसमेत लिएर प्रदर्शन गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.