भर्खरै : Sorry, your browser does not support inline SVG.
कालीमाटी बजारमा कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण | चीनको ग्वाङ्सीमा ५.२ म्याग्निच्यूडको भूकम्प, २ जनाको मृत्यु र १ बेपत्ता | सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए स् खोटाङ पूर्वी तराईसँग सीधा यातायात | बाँझो बलौटे जमिनमा तरबुजा खेतीस् दैनिक १२ हजार कमाउँदै सुन्दर | यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने | नेपालमा स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो | फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद | केन्द्रीय कारागारबाट फरार सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा |

आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ ।

हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताए । धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका उनले बताए ।

यी औजार तथा उपकरणको मूल्य भने निर्धारण गर्न बाँकी रहेको उनले बताए । इन्जिनियर साहले तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताए । केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ ।

हाल केन्द्रमा १५ जना कार्यरत छन् । सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाईसञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो । रासस

 


Thali Mobile Pvt.Ltd.