भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

विवादका कारण अखिल क्रान्तिकारीको मतगणना स्थगित

विवादका कारण अखिल क्रान्तिकारीको मतगणना स्थगित

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने कि नलगाउने भनेर गरिएको निर्वाचनको मतगणनामा विवाद भएको छ । गएरातिदेखि नै मतगणना स्थगित भएको हो । शनिबार देशभर मतदान भएको थियो । तर बैतडी, दाङ र गुल्मी जिल्लाको निर्वाचनका विषयमा विवाद भएपछि रातिदेखि नै मतगणना स्थगित छ ।

भूगोल र गैह्रभूगोलका जिल्लाहरुका मतदान केन्द्रहरुबाट निर्वाचन सम्बन्धी कागजपत्रहरु प्राप्त हुन बाँकी भएकाले मतगणना स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जिकिर गरे । ती कागजपत्रहरु प्राप्त भएपछि मात्रै मतगणनाले पूर्णता पाउने र परिणाम सार्वजनिक गरिने प्रधानको भनाइ छ । अखिल क्रान्तिकारीका २ हजार ३९८ मतदातामध्ये करिब एक हजार ८०० जनाले शनिबार पहिलोचरणको मतदानमा भाग लिएका थिए ।

असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन उमेर हदको विषयमा विवाद चर्किँदा नेतृत्व चयन नगरी स्थगित गरिएको थियो । राष्ट्रिय सम्मेलनमा ३२ वर्षे उमेर हद लागू हुनुपर्ने विषय उठेको थियो । त्यसमा सहमति नजुटेपछि मंसिर २३ गते नेतृत्व चुन्ने भन्दै सम्मेलन स्थगित गरिए पनि विवादका कारण रोकिएको थियो ।

त्यसैले ३२ वर्षे उमेर हद लगाउने कि खुल्ला प्रतिस्पर्धाको आधारमा नेतृत्व चुन्ने भनेर शनिबार पहिलो चरणको निर्वाचन गरिएको थियो । पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएपछि अखिल क्रान्तिकारीको पदाधिकारी र केन्द्रीय सदस्य चुन्न यही पुस १७ गते दोस्रो चरणको निर्वाचन गर्ने कार्यतालिका छ । पुस १५ गते केन्द्रीय पदाधिकारी र सदस्यका उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

पुस १६ गते उम्मेदवारी उपर दावी विरोध, पुस १६गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता र १६ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । पुस १७ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । ९ प्रदेशस्तरमा मतदान हुने छ ।

 

 


Thali Mobile Pvt.Ltd.