भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

विमानस्थलमै जहाज दुर्घटना, २८ जनाको घटनास्थलमै मृत्यु

विमानस्थलमै जहाज दुर्घटना, २८ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । दक्षिण कोरियाको विमानस्थलमै जहाज दुर्घटना भएको छ। बिहान ९ बजे दक्षिणी जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै जेजु एयरको जहाज दुर्घटना भएको हो ।

थाइल्याण्डको बैंककबाट आएको जहाज मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किन गई दुर्घटना भएको बताइएको छ । दुर्घटनामा २८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य सवार थिए ।

दुर्घटनाग्रस्त जहाजबाट दुई जनालाई जिवितै उद्धार गरिएको त्यहाँका अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको अधिकारीहरूले बताएका छन् । उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.