भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अमेरिकामा मे महिनामा रोजगारी वृद्धि अपेक्षाभन्दा कम

अमेरिकामा मे महिनामा रोजगारी वृद्धि अपेक्षाभन्दा कम

एजेन्सी । अमेरिकामा मे महिनामा रोजगारी वृद्धि अपेक्षा भन्दा कम देखिएको छ। अमेरिकी श्रम मन्त्रालयका अनुसार मे महिनामा नयाँ रोजगारी १ लाख ३९ हजार मात्र सिर्जना भएका छन्, जुन अप्रिलको १ लाख ४७ हजारभन्दा केही कम हो।

बेरोजगारी दर भने ४.२ प्रतिशतमा स्थिर रहेको छ। विश्लेषकहरूले यो मन्दीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति, विशेषगरी ट्यारिफ (कर) को प्रभावसँग जोडेर हेरिरहेका छन्।

व्यापार नीतिहरूको अनिश्चितताले व्यवसायहरूलाई नयाँ कर्मचारी भर्तीमा सतर्क बनाएको एएफपीले जनाएको छ। स्वास्थ्य सेवा, मनोरञ्जन र सामाजिक सहायता क्षेत्रमा भने रोजगारीमा केही वृद्धि देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.