भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

विश्व खाद्य स्वच्छता दिवसः विज्ञानको भूमिका र खाद्य सुरक्षा माथि जोड

विश्व खाद्य स्वच्छता दिवसः विज्ञानको भूमिका र खाद्य सुरक्षा माथि जोड

काठमाडौँ, २४ जेठ । शनिबार विश्व खाद्य स्वच्छता दिवस ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ मनाइएकाे छ । संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ मा विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जेठ १८ गतेदेखि सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ। विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ कि हरेक वर्ष दूषित खाद्य पदार्थले झाडापखालादेखि क्यान्सरसम्म २०० भन्दा बढी रोग लाग्ने गरेका छन्।

हरेक दशमध्ये एकजना विषाक्त खाद्य पदार्थका कारण बिरामी हुन्छन् भने चार लाख २० हजार मानिसको ज्यान खाद्यजन्य रोगबाट गइरहेको छ। झाडापखालाबाट झण्डै ५५ करोड मानिस बिरामी पर्छन् र दुई लाख ३० हजार मानिसको ज्यान जाने गर्दछ।

नेपालमा विश्व खाद्य स्वच्छता दिवस मनाउने परम्परा २०६५ सालदेखि सुरु भएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो। विश्व स्वास्थ्य सङ्गठनको अध्ययन अनुसार तरकारी र फलफूलमा विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा एण्टिबायोटिकको अवशेष र खाद्यान्नमा ढुसीजन्य विषको समस्या देखिएको छ।

नेपालको संविधानले हरेक नागरिकलाई सुरक्षित र गुणस्तरीय खाद्य उपलब्ध गराउने अधिकार सुनिश्चित गरेको छ। सङ्घीय संसद्ले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ जारी गरी कानुनी व्यवस्थापन गरेको छ। खाद्य सुरक्षा र स्वच्छतामा विज्ञानको महत्वलाई अघि बढाउँदै आगामी दिनमा यस क्षेत्रमा थप अनुसन्धान र सुधार आवश्यक रहेको विशेषज्ञहरूले बताए।

 


Thali Mobile Pvt.Ltd.