भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता

मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता


काठमाण्डौ, २४ जेठ । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरेको कार्यक्रममा कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ।

‘मधेसले देशलाई खुवाउने अभियान’ अन्तर्गत ‘उत्पादन मधेसमा, विस्तार देशमा’ नारा केन्द्रित गरिएको छ। यसैगरी ‘मधेसको शान, स्थानीय मखान’ नारासँगै मखान खेतीको विकास, विस्तार र प्रचारप्रसारलाई प्राथमिकता दिइएको छ।

‘आँपको बगैंचा, मधेसको समृद्धि’ नाराले वृहत आँप खेतीको क्षेत्र विस्तार गर्ने र ‘खेत–खेतमा पानी, घर–घरमा खाद्यान्नसहित आम्दानी’ नाराले सिँचाइमा आत्मनिर्भर बनाउने योजना प्रस्तुत गरिएको छ। नीति तथा कार्यक्रममा एक लाख युवालाई रोजगारी दिने प्रतिबद्धता पनि उल्लेख छ।

साथै, बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गरी गुणस्तरीय शिक्षा सबैसम्म पुर्‍याउने लक्ष्य राखिएको छ। यसअघि गण्डकी र कर्णाली प्रदेश सरकारले पनि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्।

 


Thali Mobile Pvt.Ltd.