भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चार हजार रुपैयाँ घुससहित नापी कार्यालयका अमिन ढकाल पक्राउ

चार हजार रुपैयाँ घुससहित नापी कार्यालयका अमिन ढकाल पक्राउ

काठमाण्डौ । चार हजार रुपैयाँ घुस लिने अमिन गोविन्द ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरेको छ । आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले अमिन गोविन्द ढकाललाई घुस रकमसहित पक्राउ गरेको हो ।

नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अमिन पदमा कार्यरत ढकालले जग्गा नाँपजाँच गरी लालपुर्जा दिन सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । विशेष अदालत काठमाडौंमा ढकाल विरुद्ध मुद्दा दर्ता भएको अख्तियारले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.