भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने आईएमएफको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने आईएमएफको प्रक्षेपण

काठमाण्डौ । नेपालको आर्थिक वृद्धिदर अग्रेजी वर्ष सन २०२४ मा राम्रो हुने प्रक्षेपण गरिएको छ । यो अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर भन्दा नेपालको आर्थिक वृद्धिदर राम्रो हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको हो ।

यो वर्ष विश्वको औसत वृद्धिदर तीन दशमलव प्रतिशत हुने देखिएकोमा नेपालको भने पाँच प्रतिशत पुग्ने अनुमान छ । विश्वको अर्थतन्त्रको औसत वृद्धिदर २३ वर्षयताकै कम हुने पनि आईएमएफले जनाएको छ । यस्तै आउँदो वर्ष अर्थात् सन् २०२५ मा पनि विश्वको वृद्धिदर तीन दशमलव दुई प्रतिशत मात्रै हुने रिपोर्टमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुकको रिपोर्ट अनुसार यो अङ्ग्रेजी वर्षमा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने प्रक्षेपण छ । यस्तै उपभोक्ता मूल्यवृद्धि भने ६ दशमलव ७ प्रतिशत रहने अनुमान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.