भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आगो ताप्ने क्रममा घाइते वृद्धको शुक्रबार उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु

आगो ताप्ने क्रममा घाइते वृद्धको शुक्रबार उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु

बर्दिया । आगो ताप्ने क्रममा बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीमा जलेर एक वृद्धको ज्यान गएको छ । आगो ताप्ने क्रममा स्थानीय ८० वर्षीय चेतानन्द शर्माको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय वर्दियाले जनाएको छ ।

बिहीबार बेलुका आगोले पोलेर घाइते भएका उनको शुक्रबार उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । बर्दियामा जाडोयाम लागे यता आगो ताप्ने क्रममा जलेर आठ जनाको मृत्यु भइसकेको छ।

आगो ताप्ने क्रममा घाइते भएका शर्मालाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो। तर, गम्भीर घाइते उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो।

 


Thali Mobile Pvt.Ltd.