भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

हिँउ चितुवाको उद्धार, कोशी टप्पुमा छोडियो

हिँउ चितुवाको उद्धार, कोशी टप्पुमा छोडियो

मोरङ । उर्लाबारी–१ चारघरेको बाँस झ्याङमा फेला परेको दुर्लभ वन्यजन्तु हिँउ चितुवाको उद्धार गरी कोशी टप्पु बन्यजन्तु आरक्षण केन्द्र छोडिएको छ । स्थानीयबासी त्रसित भएर चितुवाको उद्धार गर्न सुरक्षाकर्मीलाई खबर गरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सव वन डिभिजन कार्यालयको टोलीले दिनभरि जसो हिँउ चितुवालाई बास झ्याङमा पहरा दिएर गाउँ पस्नबाट रोकेका थिए ।

चितुवा नियन्त्रणमा लिन कोशी टप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट वन्यजन्तु विज्ञको टोली उर्लाबारी पुगेको थियो । बाँसको झ्याङमा लुकेर बसेको अवस्थामा औषधिजन्य सुई प्रहार गरी बेहोस बनाएर चितुवा नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालयका प्रमुख नवीनराज दाहालले बताए ।

प्राकृतिक वासस्थान छाडेर गाउँ पसेको अन्दाजी ४० किलोग्राम तौलको वयस्क हिँउ चितुवालाई स्थानीयले घेरा हालेका थिए । भाग्ने बाटो नपाएर चितुवा बाँसको झ्याङमा पसेको थियो ।खानेकुराको अभाव भएपछि आहाराको खोजीमा चितुवा गाउँ पसेको अनुमान प्रहरीको छ । चितुवाले कुनै क्षति गर्न पाएन ।

तत्काल नियन्त्रणमा लिइएका कारण चितुवाले क्षति गर्न नपाएको स्थानीयले बताए । विशेष गरी हिँउ चितुवा पहाडी भेगमा पाईने जन्तु भएपनि चुरे पहाडदेखि करिब २० किलोमिटर टाढा रहेको उर्लाबारी कसरी आईपुग्यो भन्ने खोजी भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.