भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काँग्रेसको सहकार्य भंग गर्ने माओवादीकाे चेतावनी

काँग्रेसको सहकार्य भंग गर्ने माओवादीकाे चेतावनी

विराटनगर । कोशी प्रदेशमा नेपाली काँग्रेसले पटक–पटक धोका दिएको भन्दै माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले सहकार्य भंग हुने चेतावनी दिएका छन् । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादीकी चम्पादेवी कार्की पराजित भएपछि नेम्वाङले कांग्रेससँगको सहकार्य तोड्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘गठबन्धनमा कांग्रेसले माओवादीलाई पटक–पटक धोका दिएको छ, कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमाउनुपर्यो, अहिले पनि हाम्रा उम्मेदवार पराजित भए । अब पार्टी नेतृत्वले केन्द्रमा सहकार्य भएपनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्ने अवस्थामा पुगेका छौं ।’

गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला बिजयी भएर माओवादीका उम्मेदवार पराजित हुनुलाई सुनियोजित र योजनाबद्ध राजनीतिक बेइमानी हो भन्दै कोशी प्रदेश सरकार निर्माणमा जसले इन्द्रबहादुर आङ्बोलाई छेक्न षड्यन्त्र गर्यो, अहिले त्यहि पक्षले बेइमानी गरेको उनको दावी छ ।

राष्ट्रियसभा निर्वाचमा सत्तारुढ गठबन्धनमा रहेका तीन सांसद र स्थानीय तहका १३ प्रतिनिधिले कार्कीको साटो एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गरेको पाइएको छ ।

कोइरालाले ५०८६ मत प्राप्त गर्दा कार्कीले ४९९२ मत मात्र प्राप्त गरिन् । जबकि सत्ता गठबन्धनको मतभार एमाले गठबन्धनको भन्दा झण्डै ८०० ले बढि थियो ।

 


Thali Mobile Pvt.Ltd.