भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नीति, कार्यक्रम तथा योजना तर्जूमा विषयमा चाँगु नपाले गर्‍यो गैसससँग छलफल

नीति, कार्यक्रम तथा योजना तर्जूमा विषयमा चाँगु नपाले गर्‍यो गैसससँग छलफल

भक्तपुर । आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा योजना तर्जूमाका विषयमा चाँगुनारायण नगरपालिकाले गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल गरेको छ । चाँगुनारायण नगरक्षेत्र भित्र सञ्चालन भइरहेका स्वास्थ्य, खानेपानी तथा सरसफाई, शिक्षा, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, स्वस्थ्य बुढ्यौली, सामाजिक विकास लगायतका कार्यक्रम तथा गतिविधिहरुको बारेमा जानकारी गराइएको छ ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सहभागिमाझ आगामी कार्ययोजना प्रस्तुत गरिएको नगरका सूचना अधिकारी तथा योजना शाखाका प्रमुख अनुप लामिछानेले कैलाश खबरलाई बताए । नगरपालिकाले सञ्चालन गर्ने योजना तथा कार्यक्रमहरुलाई एकरुपता प्रदान गर्न गैरसरकारी संस्थाहरुले सञ्चालन गर्ने कार्यक्रम तथा गतिविधिहरुबारे नीति तथा कार्यक्रम तयार गर्नु अगावै गरिएको छलफलले योजना बनाउँन सहज हुने लामिछानेको भनाइ छ ।

कार्यक्रममा नगर प्रमुख खत्रीले समृद्ध र उत्थानशील चाँगुनारायण नगर निर्माणमा नगरपालिकाले गैससंहरुसंग हातेमालो गर्दै आइरहेको जानकारी दिए । गैरसरकारी संस्थाहरुले परियोजना सञ्चालनको तयारी गर्दा नगरपालिकाको आवश्यकतालाई ध्यान दिदै नगरपालिकाले अवलम्बन गर्ने नीति अनुरुप लक्ष्य प्राप्तीमा सहयोगी हुने खालका कार्यक्रम तथा गतिविधिहरु तय गर्नुपर्नेमा प्रमुख खत्रीले जोड दिए ।

समुदायको आवश्यकतालाई मध्यनजर गर्दै परिणाममुखि गतिविधि सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरे । यसैबीच कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले नगरपालिकाले अघिल्लो वर्ष देखि गैरसरकारी निकायका कार्यक्रमहरु वार्षिक कार्यक्रममा समावेश गरी प्रकाशन गर्ने गरेको बताए । गैरसरकारी संस्थाहरुलाई बैशाख मसान्त भित्र आ.व. २०८१÷०८२ मा सञ्चालन गरिने कार्यक्रमको विवरण बजेट सहित योजना शाखामा बुझाउन अनुरोध गरे ।

यस्तै वडा नं ५ का वडा अध्यक्ष जयन्द्र खड्काले नगरबासीको चाहना र आवश्यकतालाई ध्यानमा दिएर कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गरीरहेको भन्दै गैरसरकारी निकायको सहयोग र उपस्थिती नगरमा महत्वपूर्ण रहेको धारणा राखे । छलफल कार्यक्रममा रेडक्रस सोसाइटीका परशुराम पाण्डे, एन्फोका प्रशन्न प्रधान, ५०० बि सोलुसनकी योगिता राँजचल, आइसेट नेपालका कन्चनमणी दिक्षित, एनसेट नेपालका इश्वरदत्त जोशी, नेप्सेम्याकका बाबुराम चौलागाई,

सिविआरका नरेन्द्र भुजु, ग्रामिण अपांगता समन्वय समितिका उत्तम नारायण भँडेल, समानताका लागि आवाजका सुरेश राजभण्डारी, काफकोलकी गरिमा शर्मा र दोभाषे संघका टिकाराम लामिछानेलगायतले आफ्ना गतिविधिहरुको प्रगति विववरण प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नं १ का अध्यक्ष सिजन कार्की, वडा नं ६ का अध्यक्ष धन बहादुर लामा, ७ नं का वडा अध्यक्ष श्यामकृष्ण नयाँजु श्रेष्ठ, गैसस चाँगुनारायण समन्वय समितिका सचिव दिनेश थापा तथा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.