भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

सीमा सुरक्षा बैठकमै बेहोश भएका सशस्त्र प्रहरी एसपी राजेश घिमिरेको निधन

सीमा सुरक्षा बैठकमै बेहोश भएका सशस्त्र प्रहरी एसपी राजेश घिमिरेको निधन

काठमाडौँ, २४ माघ । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोश भएका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ। गएराति उहाँको निधन भएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो।

प्रवक्ता भट्टका अनुसार एसपी घिमिरेलाई हृदयाघात भएको थियो। शनिबार दिउँसो मोरङको विराटचोकमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेको बेला उहाँ अचानक बेहोश भएर ढल्नुभएको थियो।

घटनालगत्तै तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल लगिए पनि उपचार सफल हुन सकेन। एसपी घिमिरेको शव पोस्टमार्टमका लागि विराट टिचिङ अस्पतालकै शवगृहमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। घटनाबारे थप प्रक्रिया अगाडि बढाइएको छ।

 


Thali Mobile Pvt.Ltd.