भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता

साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता

काठमाण्डौ । पछिल्लो समय साइबर अपराधका घटना बढेका छन् । सामाजिक सञ्जालमा पहुँचसँगै हरेक दिन साइबर अपराधसम्बन्धी घटना बढिरहेका छन् । सूचना प्रविधि अन्तर्गत वित्तीय अपराधतर्फ सामाजिक सञ्जाल ह्याकका सबैभन्दा धेरै चार सय तीनवटा उजुरी छन् ।

उपहार र पैसा पठाएकोसम्बन्धी दुई सय ६४ वटा, चिट्ठा परेको प्रलोभन देखाएर ठगी गरेका ३३ वटा, वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिर र कोठा खोजी दिनेतर्फ ३५ वटा उजुरी परेका प्रहरीले जनाएको छ ।

गएको साउनदेखि अस्ति माघ २३ गतेसम्मको तथ्याङ्क अनुसार साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना प्रविधि अन्तर्गत वित्तीय अपराधका एक हजार नौ सय पाँच वटा रहेका छन् ।

प्रहरीकाअनुसार सामाजिक सञ्जालतर्फ फेसबुक म्यासेञ्जर दुरुपयोगका नौ हजार तीन सय ५० वटा उजुरी परेका छन् । भाइबरसम्बन्धी १६, इमोका ६, युट्युबका ३९ वटा, ट्विटरका ६, इन्स्टाग्रामका चार सय ३२, वेबसाइट ह्याकिङका ६ वटा उजुरी परेका छन् ।

साउनदेखि यता टिकटकसम्बन्धी ६ सय ६७ वटा उजुरी दर्ता भएका छन् । टिकटकले समाजमा अराजकता फैलाएको भन्दै सरकारले यसलाई प्रतिबन्ध लगाइसकेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.