भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नक्कली सुन देखाई ठगी गर्ने पाँच जना पक्राउ

नक्कली सुन देखाई ठगी गर्ने पाँच जना पक्राउ

भक्तपुर । नक्कली सुन देखाई ठगी गर्ने पाँच जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं ८ बोडेबाट उनीहरुलाई पक्राउ गरी खानतलासी गर्दा ८ थान मोबाइल, २ लाख ९६ हजार नगद र विभिन्न सामाग्री बरामद गरेको हो ।

रामेछाप दोरम्बा गाँउपालिका वडा नं ४ घर भई हाल भक्तपुरको मध्पुर ठिमी नगरपालिका कोरियन अस्पताल नजिकै बस्ने २४ वर्षिया विनिता थापा मगरलाई फोन गरी १ केजी सुन छ । लगानी गर्नु पर्‍यो बेचेर भागबण्डा गरौला नाफा हुन्छ भन्दै ठगहरुले सुन जस्तो बस्तु देखाई प्रलोभनमा पारेको प्रहरीको अनुसन्धानबाट खुृलेको छ ।

माघ २० गते भक्तपुर नगरपालिका वडा नं २ व्यासी स्थितबाट दुई लाख पचत्तर हजार, २२ गते सोही स्थानबाट पाँच लाख गरी जम्मा रु सात लाख पचहत्तर हजार रुपैयालिई फरार भएको भन्ने जाहेरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले खोजतलास गरेको थियो ।

सोही ठगीमा सम्लंनलाई बोडेबाट पक्राउ गरी प्रहरीले खानतलासी लगेको र उनीहरुको साथबाट नगद तथा सामानहरु बरामद गरेको हो । अहिले उनीहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर बोडे बस्ने बर्ष ३८ को छुल्टीम लामा, बर्ष ३३ का राजेन्द्र तामाङ, बर्ष २७ का चिन बहादुर लामा, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नंं ८ बस्ने बर्ष ४८ का जित बहादुर तामाङ र बाह्रविसे नगरपालिका वडा नं ५ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने बर्ष ३१ का मिलन भन्ने दावा दुण्डुप तामाङ रहेको प्रहरी नायव उपरिक्षक पाठकले बताए ।

 


Thali Mobile Pvt.Ltd.