भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सेनाको आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु, ६ जना घाइते

सेनाको आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु, ६ जना घाइते

एजेन्सी । इजरायली सेनाकाे क्षेप्यास्त्र आक्रमणमा परी रोयटर्सका भिडियो पत्रकारको मृत्यु भएको छ । ६ जना पत्रकार घाइते भएका छन् ।

इजरायली सीमाको नजिक अल्मा अलशाबमा काम गरिरहेको समयमा इजरायली सेना र लेबनानी  हिजबुल्लाहबीच झडपमा भएको रोयटर्सले जनाएको छ।

घटनाको दोष इजरायललाई दिइएकाे छ । रोयटर्सका पत्रकार मारिएकोमा इजराली सेनाले माफी मागेको छ । इजरायलको लागि संयुक्त राष्ट्रसंघीय राजदूत गिलाड एर्डनले एक ब्रीफिङमा पत्रकारलाई आक्रमण गर्ने र गोली हान्‍ने गतिविधिको नरहेकाे दावी गरेकाे छ ।

एक विज्ञप्तिमार्फत इसाम अब्दल्लाह कार्यालयमा लाइभ भिडियो सिग्नल उपलब्ध गराउने क्रममा मारिएका रोयटर्सले जनाएको छ। रोयटर्सका अन्य दुई पत्रकार घटनामा घाइते भएकाे उल्लेख छ ।

एसोसिएटेड प्रेस र अल जजीरा लगायत अन्य समाचार सस्थाले इजरायली सेनाको मिसाइलबाट पत्रकार मारिएको र घाइते भएको भन्दै निन्दा गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.