भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सामुदायिक वनमा आगाे लगाउने दुई जना पक्राउ

सामुदायिक वनमा आगाे लगाउने दुई जना पक्राउ

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक वनमा आगो लगाउने दुई जनालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थर डाँडाखर्कमा रहेको ठूलाढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय बासिन्दा सुवास पौडेल र रमेश पौडेललाई पक्राउ गरेको हो ।

उनीहरूले गएको माघ २९ गते वनमा आगो लगाएका प्रहरीको आरोप छ । डढेलोले वनजङ्गल, वन्यजन्तुको वासस्थान नष्ट हुनुका साथै नजिकको बस्तीसमेत जोखिममा परेको भन्दै स्थानीयवासीले खबर गरेपछि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरबहादुर बानियाँले जानकारी दिनुभयो ।

नेपालमा हुने झण्डै ९६ प्रतिशत डढेलाेका घटना मानवीय क्रियाकलापका कारण हुने गरेका छन् । त्यसमा पनि ६६ प्रतिशतभन्दा धेरै जानी जानी लगाएको आगो फैलिएको पाइन्छ । वन ऐन २०७६ र मुलुकी अपराध संहिता २०७७ ले वनमा डढेलो लगाउनेलाई कैद र जरीवानाको व्यवस्था गरे पनि डढेलोका घटनामा अनुसन्धान कमै मात्र हुने गरेको पाइन्छ ।

डढेलो लगाउनेहरू गोठाला तथा सामान्य किसान परिवारका धेरै हुने भएकोले यसअघि भवितव्य नै मान्ने गरेकोमा डढेलोको प्रकोप धेरै बढेकोले अनुसन्धान र कारबाहीलाई तीव्रता दिन थालेको वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछानेले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.